लहान । शिक्षाको खस्कदो अवस्थाकबारे चर्चा गर्दै शिक्षा सरोकारवाला बीच शिक्षा नितिमा आज संवाद गरिए । लक्ष्मीपुर पतारी गा.पा. को ६ वटा माध्यमिक विद्यालय हरुको प्र.अ. विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गा.पा का र अन्य सरोकारवाला अगुवा बीच शिक्षक विविध विषयमा छलफल गरिए।

शिक्षा नीति स्पषट, बजेट कार्यन्वयनमा पारदर्शिता र जवाफ देहिता वहन गर्नुपर्ने प्सँग कार्यक्रम संचालक तथा प्रमूख विन्देश्वर रामले शुरूवात गर्दै गुणस्तरीय समावेशी शिक्षामा सबैको पहुँच बढाउन नागरिक समाजको भुमिका बढाउनु पर्ने अभिभावकहरूलाई सचेत र जिम्मेवारी तुल्लाउन दीर्घकालिन विकाश लक्ष्य सँग मेल खाने कार्यहरू गर्नु पर्ने वताएका छन् ।
यसैगरि विद्यालयमा गरिएका असल अभ्यास तथा सिकाइलाई अर्को विद्यालयमा समेत सिकाई स्थानान्तर गर्नुपर्ने बारे सहजकर्ता संचालक सुजित कुमार चौधरी ले राखे । नागरिक समाज सशक्तिकरण गर्ने क्रममा अभिभावकहरूलाई नियमित विद्यालयमा विद्यार्थीहरू गए नगाएको संगै विद्यालयको अनुगमन र निगरानी गर्नु पर्ने सन्दर्भका विषयमा चर्चा गरिए ।
गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष शिक्षा प्रमुख तथा विद्यालय निरिक्षक रामवालक पासवानले शिक्षामा वर्षेनि तथ्याइहरूको संसोधन, परिष्कृत गर्दै अद्यविधी र गरिएको बताए भने लक्ष्मीपुर पतारी गाँड पालिका को जम्मा साक्षरत दर ६४% पुरुषमा ६८% महिलामा ५९.८% रहेको बताए पनि प्रायश शिक्षक प्र.अ.हरुले यसबारे कसैलाई ज्ञान नभाएको भनी प्र.अ. बिनोद सिंह लगाएत अन्य प्र.अ. हरूले पनि महसुस गरे ।
प्र.अ.हरुले नीति प्रषटहुनु विद्यालयको समस्याहरूवारे जानकारी हुनुपर्ने बताउँदै विद्यालय भौतिक अवस्था बढेको विद्यार्थीको अनुपातमा कक्षा कोठा, फर्निचर अपुग रहेको दरवन्दी न्यून रहेकोले शिक्षणमा बाधा हुने, अनुशासित वातावरण दिन कठनाई भइरहेको, अपाङ्ग बच्चाको निम्ति केही व्यवस्था नभएको शैक्षिक सामाग्री नहुनु शिक्षकहरूले तालिम नपाउनु जस्ता समस्याहरु शैक्षिक गुणस्तर वृद्धिमा वाघा देखिएका गुनासो प्र.अ.हरुले राखे ।
६ वरा मा वि.या १४६ वटा दरबन्दीमा ९जना अझै अपुग रहेको कुरा शिक्षा शाखाले सुचित गरे पनि तत्काल पालिकाले स्वयंसेवी शिक्षकहरुले व्यवस्था गर्नु परने अनुरोध विद्यालय प्र.अ.हरुले. राखेका थिए । यी सवै समस्याको लागि अगामी आ.व.०८२/०८३ को शिक्षा नीति बजेट तथा कार्यक्रममा समावेश गर्नेगरि गा.पा. अध्यक्ष चतुरानन्द ठाकुरले कार्यक्रमलाई जानकारी गर्नु भयो ।
CSE कारखाना समुह, दलित, समाज सेवा संघ र CSE project को नीति तथा संवादको साकेदार संस्थाले थुप्रैपटक नागरिक प्रतिनिधी सरोकारवाला विच प्रभावकारी ढंगले CSE project को पाइलट प्रोग्रम मधेस परदेशमा संचालन गरिएको छ