दुर्गा प्रसाईँको भिडिओ सन्देशः प्रहरीले मलाई खोज्नु पर्दैन, म काठमाडौंमै सुरक्षित बसेको छु

काठमाडौं । गत शुक्रबार काठमाडौंमा भएको हिंसात्मक प्रदर्शनका जनकमाण्डर दुर्गा प्रसाईँले आफू काठमाडौंमै रहेको दाबीसहित भिडिओ सन्देश सार्वजनिक गरेका छन् । उनले आफू काठमाडौंको कुनै मन्दिरमा रहेको र सुरक्षित बसिरहेको पनि बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जहाँ भेट्यो त्यही गोली ठोक्नु भन्ने आदेश सुरक्षाकर्मीहरुलाई दिएको कारण आफू लुकेर बस्नुपरेको पनि उनको दाबी छ ।

‘प्रहरीले मलाई खोज्नु् पर्दैैन । मलाई गोन्जालो बनाएर यो आन्दोलन दवाउनले कोशिस गरिएको छ । सुरक्षितमात्रै बसेको हो । मलाई भेटेको ठाउँमा गोली हान्नु भन्ने प्रधानमन्त्रीको आदेश छ भन्ने कुरा मैले सुनेपछि म सुरक्षित मात्रै बसेको छु । म भागेको छैन । नेपाल र नेपाली छाडेर म भाग्दिनँ । म भाग्नलाई जन्मिएको होईन । बरु म मर्छु । तर, तपाईँहरुकै अगाडि मर्छु,’– उनले भनेका छन् ।

आफूले प्रदर्शनस्थलबाट ‘एयरपोर्ट कब्जा गरौं, संसद् भवन कब्जा गरौं’ व्यक्तिको घरमा आगो लगाउने, तोडफोड गर्ने काम नगर्नसमेत त्यही बेला भनेको उनले बताए । जुन घटना भएको छ । त्यो घटनाप्रति दुःख व्यक्त गर्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..