प्रसाईं सम्पर्कविहीन भएपछि राजावादीको कमाण्ड जगमान गुरुङलाई

काठमाडौं। राजसंस्था पुनर्स्थापनाको लागि संयुक्त जनआन्दोलन समितिका जनकमाण्डर दुर्गा प्रसाईं सम्पर्कविहीन भएपछि संस्कृतिविद् डा. जगमान गुरुङलाई आन्दोलनको नेतृत्व गर्ने कार्यवहाक जिम्मेवारी दिइएको छ।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आइबार एक विज्ञप्ति जारी गर्दै राजसंस्था पुनर्स्थापनाको लागि संयुक्त जनआन्दोलन समितिको कार्यवाहक नेतृत्व गुरुङलाई दिएको जानकारी दिएका हुन्।

संयोजक सुवेदीले आफू नजरबन्दामा रहेको भन्दै गुरुङले आन्दोलनको नेतृत्व गर्ने जनाएका हुन। उनले आन्दोलन जारी राख्न आह्वान समेत गरेका छन्। शुक्रबार राजावादीको आन्दोलनमा हिंसात्मक भएपछि दुर्गा प्रसाईं भूमिगत भएका छन्।

सो आन्दोलनमा दुई जनाको ज्यानसमेत गएको थियो। प्रसाईंलाई प्रहरीले खोजी गरिरहेको छ। सो आन्दोलनमा सहभागी भएका राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलसमशेर राणालगायत पक्राउ परिसकेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..