प्रधानमन्त्री ओलीको अहमता टिकेन, प्रतिपक्षीको मागबमोजिम कुलमान हटाइएको बारेमा जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चैत १८ गते संसद्लाई जवाफ दिने भएका छन् । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको विषयमा प्रधानमन्त्री ओलीले चित्तबुझ्दो जवाफ दिनुपर्ने भन्दै प्रतिपक्षी दलहरुले संसद् अवरोध गरिरहेका छन् । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । सोही विषयलाई लिएर प्रतिपक्षी दलहरुले सडक र सदनमा विरोध गरिरहेका छन् ।

प्रतिपक्षी दलहरुले संसद्लाई जवाफ दिनुपर्ने माग गर्दा हिजोसम्म टसमस नभएका ओली अन्ततः त्यसका लागि तयार भएका छन् । गत बिहीबार एक सार्वजनिक कार्यक्रममा ओलीले आफूले सो विषयलाई लिएर संसद्मा जवाफ नदिने बताएका थिए । ‘वियष न शिषय सदन अवरुद्ध, के भयो रे भन्दा कर्मचारी सरुवा भयो कि, हटाइयो कि सरुवा भयो कि ? हिजो निकालिएका मान्छेलाई त्यहाँ राख्दा विरोध गरिरहेका छन्, न्यायका कुरा गर्छन्,’– प्रधानमन्त्री ओलीले एक कार्यक्रममा ठट्यौली शैलीमा भनेका थिए ।

मुलुकको समग्र अवस्थालाई हेर्दा संसद् सञ्चालन गर्ने कुरामा सत्तापक्ष, प्रतिपक्ष एक ठाउँमा उभिनुपर्छ भन्ने कुरामा प्रधानमन्त्री ओलीले कन्भिन्स भएको एमाले नेता पदम गिरीले बताए । एमाले नेता गिरीका अनुसार प्रधानमन्त्री ओलीले अगामी चैत १८ गते संसद्लाई सम्बोधन गर्नेछन् । ‘मलाई विश्वास छ, पर्सी १८ गते सम्माननीय प्रधानमन्त्रीज्यूले संसद्लाई सम्बोधन गर्नुहुन्छ । त्यसमा अहिलेसम्म संसद्मा उठेका कुराहरु पनि उहाँले राख्नुहुनेछ । त्यो हामीले अपेक्षा गरौं उहाँले बोल्नुहुन्छ,’– एमाले नेता गिरीले भने ।

कुलमान घिसिङ हटाइएको विषयमा सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिँदा पनि हुने ठाउँमा प्रतिपक्षीहरुले त्यसलाई पोसिन बनाएपछि प्रधानमन्त्री ओलीले आफ्ना धारणा राख्ने पनि नेता गिरीले बताए । उनले भने, ‘कुलमान घिसिङलाई हटाएको विषयमा सरकारका प्रवक्ताले पनि बोल्नु भएको छ । बाहिर सार्वजनिक रुपमा प्रधानमन्त्रीले पनि बोल्नुभएको छ । तरपनि संसद्मा आएर बोल्नुपर्यो भनिसकेपछि, प्रतिपक्षी दलले त्यो कुरा माग गरिरहँदाखेरी सम्बन्धित मन्त्रालयको मन्त्रीले राख्दा पनि त्यो कुरा पर्याप्त हुनथ्यो । तर, प्रमुख प्रतिपक्षले त्यसलाई पोजिसन नै बनाइसकेको स्थितिमा संसद्लाई डेडलक राखिरहन हुँदैन भनेर हामीले भनिरहेका छौं । मलाई लाग्छ सम्माननीय प्रधानमन्त्रीले आफ्नो दृष्टिकोण राख्नुहुने छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..