सिरहामा बोरामा बेरेर गाडिएको अवस्थामा १३ वर्षीया बालिकाको शव फेला

लहान । सिरहामा खोला किनारमा बोरामा बेरेर गाडिएको अवस्थामा एक बालिकाको शव फेला परेको छ ।

सिरहाको गोलबजार नगरपालिका वडा नम्बर -९ गोविन्दपुरस्थित घुर्मी खोला किनारमा बोराभित्र राखेर गाडिएको अवस्थामा १३ वर्षीया गुलशना खातुनको शव फेला परेको हो ।

गत फागुन २९ गते घरबाट निस्केकी खातुन बेपत्ता भएकी थिईन् । चैत १ गते आमा जाहेदा खातुनले इलाका प्रहरी कार्यालय मिर्चैयामा खोजतलास गरिदिन भनेर निवेदन दिएकी थिइन् ।

मंगलबार बिहान १० बजेतिर गोठालोहरूले झाडिबाट कुहिएको गन्ध आएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय मिर्चैयाको टोलीले उत्खनन गर्दा खातुनको शव भेटिएको हो ।

तीन फिट खनेपछि जुटको बोरामा बेरिएको अवस्थामा बालिकाको शव फेला परेको मिर्चैयाका प्रहरी नायब उपरीक्षक सन्तबहादुर बाखुले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..