सिरहामा बोरामा बेरेर गाडिएको अवस्थामा १३ वर्षीया बालिकाको शव फेला

लहान । सिरहामा खोला किनारमा बोरामा बेरेर गाडिएको अवस्थामा एक बालिकाको शव फेला परेको छ ।

सिरहाको गोलबजार नगरपालिका वडा नम्बर -९ गोविन्दपुरस्थित घुर्मी खोला किनारमा बोराभित्र राखेर गाडिएको अवस्थामा १३ वर्षीया गुलशना खातुनको शव फेला परेको हो ।

गत फागुन २९ गते घरबाट निस्केकी खातुन बेपत्ता भएकी थिईन् । चैत १ गते आमा जाहेदा खातुनले इलाका प्रहरी कार्यालय मिर्चैयामा खोजतलास गरिदिन भनेर निवेदन दिएकी थिइन् ।

मंगलबार बिहान १० बजेतिर गोठालोहरूले झाडिबाट कुहिएको गन्ध आएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय मिर्चैयाको टोलीले उत्खनन गर्दा खातुनको शव भेटिएको हो ।

तीन फिट खनेपछि जुटको बोरामा बेरिएको अवस्थामा बालिकाको शव फेला परेको मिर्चैयाका प्रहरी नायब उपरीक्षक सन्तबहादुर बाखुले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..