औरही जातीय भेदभाव तथा छुवाछूत प्रकरण : पक्राउ परेका गाउँपालिका अध्यक्ष र पूर्व वडाध्यक्षमाथि अनुसन्धानको लागि ५ दिन म्याद थप

सिरहा । सिरहाको औरहीमा महायज्ञका नाममा दलित परीवारलाई विभिद गरेको घटनामा पक्राउ परेका औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादवमाथि अदालतबाट ५ दिनको म्याद थप भएको छ। जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरमा पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि आइतबार सिरहा जिल्ला अदालतले पाँच दिन म्याद दिएको हो।

अदालतले जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरमा शुक्रवारै पक्राउ परेका दुवैजनालाई आज जिल्ला अदालत सिरहाबाट आवश्यक अनुसन्धानको लािग पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी रमेश पण्डितले जानकारी दिए।

औरही गाउँपालिका ५ मा आउँदो चैत १७ गतेदेखि हुने भनिएको महायज्ञका नाममा फागुन १० मा अछुत भन्दै महायज्ञस्थलमा रहेको दिपक मलिकको घर बजरंगी बाबाको निर्देशनमा गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीपको उपस्थितिमा पालिकाको डोजर लगाएर त्काइदिएका थिए।

यस घटनामा पीडित दीपक मलिकले शनिवार जातीय भेदभाव तथा छुवाछूत सम्बन्धि कसुरमा तीनै जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय, सिरहामा जाहेरी दर्ता गराएका थिए। जातीय छुवाछूत गरेको, घर तोडफोड गरी विस्थापित बनाएको भन्दै प्रतिवादीहरूमाथि कानुन बमोजिम कारवाही हुनुपर्ने र पीडितलाई क्षतिपूर्ति दिइनुपर्ने माग गरिएको छ।

जातीय छुवाछूतसम्बन्धी कसुरमा ३ महिनादेखि ३ वर्षसम्म र ५० हजारदेखि २ लाखसम्म जरिवानाको कानुनी व्यवस्था छ। यसै घटनामा अझै फरार रहेका बजरंगी बाबाको भने खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..