विश्वविद्यालय तथा विद्यालयको परीक्षामा भीडभाड नगर्न गृह मन्त्रालयको ध्यानाकर्षण

काठमाडौं । गृह मन्त्रालयले विश्वविद्यालय तथा विद्यालयको हरेक किसिमका परीक्षामा बाह्य मान्छेको भीडभाड बढेको भन्दै ध्यानाकर्षण गरेको छ ।

मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले आज एक विज्ञप्ति जारी गरी विभिन्न विश्वविद्यालय तथा विद्यालय तहका वार्षिक वा अन्य परीक्षामा परीक्षार्थीलाई उत्तरपुस्तिका वितरण गर्नुपूर्व वा परीक्षा अवधिभर कार्यलय प्रयोजनको लागि बाहेक अन्य कुनै पनि प्रकारको तस्बिर वा भिडियो नलिन आग्रह गरेका हुन् ।

उनले परीक्षामा तोकिएका निरीक्षकबाहेक अनुगमनका नाममा ठूलो सङ्ख्यामा बाह्य व्यक्ति एकैपटक वा पटक–पटक परीक्षा हलमा प्रवेश गरी परीक्षाको वातावरण अस्वस्थ बनाउने गरेको पाइएकाले त्यस्ता कार्य नगर्न नगराउन सम्बन्धित सबैमा जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..