मेसिनले चुँडाएको हात शल्यक्रिया गरी जोडियो

काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरमा एक बालकको शरीरबाट चुँडिएको हात जोडिएको छ। धनुषाको जाँकी गाउँपालिका–८ का पाँच वर्षीय कुलदीप मण्डलको घाँस काट्ने मेसिनले चुँडालेको हात जोडिएको हो। ट्रमा सेन्टरको प्लास्टिक सर्जरी विभागका चिकित्सकले निरन्तर १५ घण्टा शल्यक्रिया गरी मण्डलको हात जोडेका हुन्।

प्लास्टिक सर्जरी विभागका प्रमुख डा पियुष दाहालको नेतृत्वमा प्लास्टिक सर्जन डा पशुपति पोखरेल, डा अपार लामिछाने, डा मिरन महर्जन, डा यम महर्जन, डा मनीष देवकोटा, डा अजय ढकाल, डा अनुरागसिंह थापा, डा सुरेशराज ढकाल, डा विजय यादवसहितको टोलीले मेसिनले चुँडाएको बालकको हात सफलतापूर्वक जोडेको हो। उक्त शल्यक्रियामा एनेसथेसिया विभागका प्रमुख डा रूपेश यादव, डा दीपेन्द्र र डा शरद खकुरेल सहभागी थिए।

नेपालमा यति सानो उमेरका बालकको मेसिनले चुँडाएको हात जोडिएको यो पहिलो पटक भएको दाबी चिकित्सकले गरेका छन्। गत फागुन ९ गते साँझ ५ः३० बजे घाँस काट्ने थे्रसर मेसिनमा तीनजना बालक खेलिरहेको अवस्थामा अर्का बालकले एक्कासि मेसिन चलाउँदा मण्डलको एउटा हात पूरै चुँडिएको थियो। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..