नोबेलका डाक्टर अस्पताल प्राङ्गणमै मृत भेटिए, हत्या भएको परिवारको आरोप

मोरङ । विराटनगरस्थित नोबेल अस्पताल कार्यरत डाक्टर मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार डाक्टर नोबेल अस्पतालकै अगाडि मृत फेला परेका हुन् ।

मृतक डाक्टर अर्थोपेडिक वार्डमा करिब ३ वर्षदेखि कार्यरत बिजय यादब हुन् । उनले बंगलादेशमा आफ्नो एमबीबीएस अध्ययन पूरा गरेर आएका थिए । राजविराज सप्तरी स्थायी घर भएका उनी विराटनगरमै बस्दै आएका थिए ।

प्रहरीका अनुसार २८ वर्षका डाक्टर यादव शनिबार बिहानै अस्पताल अगाडि मृत फेला परेका हुन् । डाक्टर बिजयको हत्या भएको भन्दै उनका परिवारको आरोप छ ।

यतिबेला मृतक डाक्टरका आफन्तले घटनाका दोसीलाई कारवाहीको दायरामा ल्याउनु पर्ने भन्दै नारावाजी गरिरहेका छन् ।

यतिबेला प्रहरी घटनास्थलमा पुगिसकेको छ । घटनाको सम्बन्धमा सुष्म अध्यायन हुने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..