एमबीबीएसको परीक्षामा ‘सेटिङ धन्दा’

काठमाडौं । स्वास्थ्यजस्तो निकै संवेदनशील विषय र चिकित्सक पेसाकै बद्नाम हुनेगरी एमबीबीएस परीक्षामा सेटिङ धन्दा मौलाउँदै आइरहेको पुष्टि भएको छ ।

एमबीबीएसको इन्ट्रास परीक्षामा नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाउने र त्यसरी परीक्षा दिने परीक्षार्थी मार्फत् ३० देखि ४० लाख रुपैयाँ असुली हुने गरेको पाइएको छ । यसमा बिचौलिया र माफियाकै संलग्नता रहने गरेको स्रोतको दाबी छ ।

चिकित्सा शिक्षा आयोग र चिकित्सा अध्ययन संस्थान (आईओएम)ले लिने एमबीबीएस परीक्षाको इन्ट्रासमा करोडौंको सेटिङ हुने गरेको गुनासा आइरहेका थिए । सेटिङ धन्दा मौलाउँदै जाँदा आयोग र आईओएम दुवैमाथिसमेत आशंका सिर्जना भएको छ ।

ती निकायले लिने सो परीक्षा शुक्रबारदेखि नै सुरु भएको छ । एमबीबीएसको इन्ट्रास परीक्षामा लामो समयदेखि नै सेटिङको आधारमा करोडौको चलखेल हुने गुनासा र उजुरी पर्ने गरेको थियो ।

शुक्रबारदेखि सुरु भएको एमबीबीएसको इन्ट्रान्स परीक्षामा सहभागी भएका चार जना नक्कली परीक्षार्थी र एक जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ ।

अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी वसन्त कुँवरले नक्कली परीक्षार्थी र बिचौलिया गरी पाँच जना पक्राउ गरिएको पुष्टि गरे । उनले अन्य नक्कली परीक्षार्थीको पनि व्यापक रूपमा खोजी गरिएको जानकारी दिए ।

यसरी प्रहरीले चार जना नक्कली परीक्षार्थी र बिचौलियालाई पक्राउ गरेपछि सेटिङ धन्दा सञ्चालन हुने गरेको र करोडौको असुली हुने गरेको पुष्टि भएको हो । हाल सञ्चालन भइरहेको एमबीबीएस परीक्षामा अझै २ सय जना नक्कली परीक्षार्थी सहभागी भएको हुन सक्ने प्रहरीको आशंका रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..