विधालयको शैक्षिक अनुदानमा हिनामिना

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयको शैक्षिक अनुदानमा हिनामिना गरेको अभियोगमा विद्यालय व्यवस्थापका तत्कालीन अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कैलालीको कालिका निम्न माध्यमिक विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष झंकरबहादुर वमसहित सदस्य धीरेन्द्रबहादुर विष्ट, कमला रावल (विष्ट), शिक्षक प्रतिनिधि कमलबहादुर शाही, विद्यालयलाई अनुदान ऋण उपलब्ध गराउँदै आइरहेको भनिएका आरएस समिलका प्रोप्राइटर रमेश थापा र प्रधानाध्यापक तथा सदस्य–सचिव जनकबहादुर थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

कालिका सामुदायिक वन उपभोक्ता समूहले टेन्डरमार्फत गोलिया काठ लिलाम गरी विद्यालयलाई शैक्षिक अनुदान दिएको रकम हिनामिना गरेको आरोपमा अख्तियारले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

२०७१ साल कात्तिक १८ गते कालिका निम्न माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालयलाई अनुदान ऋण उपलब्ध गराउँदै आइरहेको भनिएका आरएस समिलका प्रोप्राइटर रमेश थापालाई बदनियतपूर्वक विद्यालय÷सार्वजनिक संस्थाको सम्पत्ति उपलव्ध गराई आर्थिक अपचलन गरेको अभियोग लगाइएको थियो । थापासहित ६ जनाको विषयमा अनुसन्धान गर्दा शैक्षिक अनुदानमा हिनामिना गरेको भेटिएपछि मुद्दा दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..