लागुऔषध सहित ३ जना पक्राउ

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका-५ भौसाबारीबाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कानेपोखरी गाउँपालिका ५ का २२ बर्षीय प्रकाश ढकाल, २९ बर्षीय बिक्रान्त चौधरी र सोही स्थानका सुमन भुजेल रहेका छन् ।

शुक्रबार बेलुका पौने ७ बजे गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरी मोरङबाट खटी गएको प्रहरी टोलीले उनीहरुको साथबाट लागुऔषध ब्राउनसुगर १२ ग्राम २३० मिलिग्राम बरामद गरेको थियो ।


लागुऔषध सहित पक्राउ परेका तीनै जनाको बिषयमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..