अभिनेता पल शाहलाई ७ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

काठमाडौं । मोडल तथा अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत तनहुँले जबरजस्ती करणीको अभियोग लागेका अभिनेता शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको हो ।


गत बुधबार मात्रै १७ वर्षीया एक बाल गायिकाले अभिनेता शाहविरुद्ध जबरजस्ती करणीको उजुरी दर्ता गराएकी थिइन् । त्यसपछि अभिनेता शाह फरार थिए, भने आइतबार मात्र जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर उनले आत्मसमर्पण गरेका थिए ।


यसका साथै अभिनेता शाहविरुद्ध नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को इलाका प्रहरी कार्यालय गैँडाकोटमा पनि बलात्कारसम्बन्धी उजुरी जाहेरी गरिएको हो ।
गैँडाकोट–५ स्थित गैँडाकोट रिसोर्टमा विसं २०७७ चैत ७ गते गीत सुटिङका क्रममा अभिनेता पल शाहबाट बलात्कृत भएको भन्दै एक १७ वर्षीया गायिकाले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..