ठगी गरेको आरोपमा एकजना पक्राउ


काठमाडौं। प्रहरीले क्यानडा पठाइदिन्छु भनी नक्कली कागजातसमेत दिई ठगी गरको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषा जनकनन्दनी गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-८ स्थित गौशाला बस्द‌ै आएका २३ वर्षीय लालबाबु कापर रहेका छन् ।

उनलाई महानगरीय अपराध महाशाखाको टोलीले गत शुक्रबार काठमाडौंको तीनकुनेबाट पक्राउ गरेको हो ।कापरले सर्लाही ब्रम्हपुरी गाउँपालिका-६ घर भई हाल ललितपुर बालकुमारी बस्‍दै आएका अरबिन्द कुमार साहलाई १२ लाख २० हजार मिलाइदिने भन्‍दै रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई थप कारबाहीका लागि महानगरीय प्रहरी वृत सातदोबाटो ललितपुर पठाइएको अपराध महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..