बलात्कारपछि हत्या गरेको आरोपमा वृद्ध पक्राउ


विराटनगर । मोरङ लेटाङ नगरपालिका-८ की १२ वर्षीया करूणा राईको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।लेटाङ नगरपालिका-८ ज्यामिरे टोलकी-१२ वर्षीय राईको बलात्कारपछि हत्या गरेको आरोपमा ६३ वर्षीय दिपक गिरीलाई पक्राउ गरेको हो ।


बुधबार साझ स्कूलबाट घर फर्किने क्रममा लेटाङ ८ लालहीरा सामुदायिक वनभित्र गिरीले बलात्कारपछि बालिकाको हत्या गरेको मोरङ प्रहरी प्रमुख जर्नादिन जिसीले बताए । ‘स्कुलबाट घर फर्कने क्रममा बालिकाको बलात्कारपछि हत्या गरेको देखिन्छ,’ जिसीले भने,‘ घटनामा आफ्नो संलग्नता स्वीकार गरिसकेका छन् ।’उनका अनुसार बालिका स्कुल आउ-जाउ गर्दा गिरीको घरको बाटो जानुपर्छ ।

बुधबार साझ स्कुलबाट फर्कने क्रममा बाटो छेकेर बलात्कारपछि हत्या गरेको देखिएको छ ।स्कूलबाट घर फर्किने क्रममा हराएकी करुणाको शुक्रबार बिहान शव गाडेको अवस्थामा भेटिएको थियो । मृतकको शव नाङ्गो अवस्थामा थियो । ढुङ्गाले थिचेर लुकाएको शव शरिरको विभिन्न भागमा चोटपटक छ ।

उनका अनुसार बालिका जाते माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत थिइन् ।
‘बालिकाको मुख थुनेर हत्या गरेपछि ढुङ्गाले थिचेर हिडेको बयानको क्रममा स्वीकार गरेका छन्,’उनले भने,‘ थप अनुसन्धान जारी छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..