बैतडी टिपर दुर्घटना : मृतकको संख्या ४ पुग्यो


धनगढी । बैतडीको पाटन नगरपालिका-३ को झालीमालीमा भएको टिपर दुर्घटनामा घाइते भएका थप एकजनाको मृत्यु भएको छ ।दुर्घटनामा परेर गम्भीर घाइते भएका पाटन नगरपालिका-३ कै १२ वर्षीय राजु पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले उपचारका लागि डडेल्धुरा अस्पताल लैजाने क्रममा पन्तको बाटोमै मृत्यु भएको जानकारी दिए ।

उनी स्थानीय सिगास विद्यालयमा अध्ययनरत विद्यार्थी हुन् । योसँगै मृतकको संख्या ४ पुगेको छ ।दुर्घटनामा यसअघि पाटन नगरपालिका-३ कै ४५ वर्षीय जनकराज पन्त, सिगास माध्यमिक विद्यालयका विद्यार्थी १३ वर्षीय ज्ञानु बिष्ट र १७ वर्षीय ललित अवस्थीको घटनास्थलमै मृत्यु भएको थियो ।

काठ ल्याउन जादै गरेको अवस्थामा सोमबार दिउँसो बा ३ ख४८७९ नम्बरको टिपर पाटन नगरपालिका-३ को मानिकाखान–बोहोरीगाउँ कच्ची सडक खण्ड अन्तर्गतको झालीमाली भन्ने ठाउँमा दुर्घटनामा परेको थियो ।टिपर फर्काउने क्रममा दुर्घटनामा परेको पाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..