कैदी छुटाइदिने भन्दै ३३ लाख ठगी गर्ने मन्दु समातिए


सुनसरी । ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले एक युवकलाई नियन्त्रणमा लिएको छ।न्यायाधीश र प्रहरीसँग राम्रो सम्बन्ध भएकाले कारागारमा रहेका कैदीलाई छुटाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले सुनसरी इटहरी बस्ने मन्दु भन्ने जस बहादुर लिम्बुलाई नियन्त्रणमा लिएको हो।

कर्तव्य ज्यान मुद्दामा तेह्रथुमको कारागारमा रहेका तारा कार्की पुरीका श्रीमान् सुरेन्द्र पुरी र देवर बालकृष्ण पुरीलाई छुटाइदिने भन्दै ३३ लाख रुपैयाँ ठगी गरी फरार भएका थिए।ठगीमा संलग्न अर्का अभियुक्त इटहरी बस्ने भरत चौधरीलाई भने प्रहरीले खोजी गरिरहेको छ।

घटनाको थप अनुसन्धानको लागि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..