हत्याको आरोपमा एकजना पक्राउ

विराटनगर । मोरङको केरावारी गाउँपालिका-८ को हजार बिघा सामुदायिक बनमा माघ ९ गते मृत फेला परेका स्थानीय २६ बर्षीय बाबुराम भट्टराईको हत्या भएको खुल्न आएको छ ।

उक्त घटनामा संग्लग्न केरावारी गाउँपालिका-३ का ३५ बर्षीय कमल लिम्बुलाई प्रहरीले पक्राउ गरे संगै सो कुरा खूल्न आएको हो । माघ १० गते सामुदायिक वनमा खाल्डो खनेर गाडेको अवस्थामा भट्टराईको शव फेला परेको थियो ।

शव फेला परेको जानकारी पाए लगत्तै घटनास्थलमा खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी सुक्ष्म रुपमा गहन अनुसन्धान शुरु गरेको थियो । अनुसन्धानको क्रममा भट्टराई पौष २७ गते देखी नै बेपत्ता भएको र पौष २८ गते लिम्बु संग बादबिबाद भएको तथा लिम्बुले फलामको रड प्रयोग गरी भट्टराईको हत्या गरेको खुल्न आएको थियो ।

यसरी हत्या गरी घटनालाई ढाकछोप गर्न खाल्डो खनेर गाडेको भन्ने खूल्न आए संगै लिम्बुलाई पक्राउ गरेको र घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..