मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा एक पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ निवासी २० वर्षीय ईरफान देवान रहेका छन् ।

प्रहरी चौकी सिर्सियाबाट खटिएको चेकिङ टोलीले शंका लागि शोधपुछ गर्ने क्रममा ना १६ प ६५९५ नम्बरको यामाहा मोटरसाइकलमा सवार आरोपित ईरफानले उक्त मोटरसाइकल चोरेर ल्याएको बताएका थिए ।

उनले वीरगञ्ज महानगरपालिका–१९ निवासी अनिल साहले आफ्नै घरको आँगनमा पार्किङ गरी राखेको अवस्थामा लक तोडेर चोरी गरी भाग्दै गरेको अवस्थामा भेटिएको थप अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यलय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

ईरफानविरुद्ध चोरी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..