ईसेवामा बोनस आउँछ भनी ठगी गरेको आरोपमा दुईजना पक्राउ


काठमाडौं। प्रहरीले ईसेवामा बोनस रकम आउँछ भनी ठगी गरेको आरोपमा दुई जनाले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा माधवनारायण नगरपालिका-२ रौतहट घर भई हाल वीरगञ्‍ज बस्‍दै आएका सुभम साह र महागढी नगरपालिका-१० घर भई हाल वीरगञ्‍ज बस्‍दै आएका सर्फराज आलम रहेका छन् ।

उनीहरुले आफूहरु ईसेवाको कर्मचारी भएको र आफ्नै ईसेवामा ५० हजार जम्‍मा गरेमा २ हजार ५०० बोनस पाइन्छ भन्‍दै पीडितको ईसेवाको आइडी र ओटीपी लिएर बैंकमा पहुँच पुर्‍याइ ७ लाख २७ हजार ३०० रकम निकालेको प्रहरीको दाबी छ ।

पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको समन्वयमा महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..