दुईवटा नागरिकता बनाएका युवक पक्राउ

पर्वत । नक्कली कागजात बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले एक युवालाई नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार पर्वतको कुश्मा नगरपालिका–११ पकुवामा बस्दै आएका आएका २५ वर्षीय आशिष केसीलाई पक्राउ गरिएको हो।


आरोपितले नेपाली नागरिकताको एउटा प्रमाणपत्र हुँदाहुँदै पनि नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र सङ्कलन गरी पुनः अर्को नागरिकता प्रमाणपत्र लिएको पाइएको इन्स्पेक्टर अधिकारीको भनाइ छ।उक्त दोस्रो नागरिकताको प्रमाणपत्र रद्द गर्ने प्रक्रियामा रहेको तथा प्राप्त नक्कली शैक्षिक योग्यताका प्रमाणपत्रउपर छानबिन गरी आवश्यक कारबाहीका लागि पठाइएको छ।

जिल्ला प्रशासन कार्यालय पर्वतबाट प्रहरीमा गएको पत्र अनुसार शुक्रबार नै केसीलाई नियन्त्रणमा लिइएको हो।केसीका विरुद्ध लिखत सम्बन्धी कसुर ‘किर्ते गर्न नहुने’ मुद्दामा मुद्दा दर्ता गरी जिल्ला सरकारी वकिल कार्यालय पर्वतमार्फत पर्वत जिल्ला अदालतबाट पहिलोपटक चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..