फरार प्रतिवादी पक्राउ


सर्लाही । ईलाका प्रहरी कार्यालय हरिवनले एक जना फरार प्रतिवादी पक्राउ गरेको छ । सवारी ज्यान मुद्दामा दुई महिना कैद र रु २ हजार जरिवाना तोकिएका हरिवन नगरपालिका ८ का अन्दाजी ३० वर्षीय चूडाबहादुर राई (सुरज)लाई प्रहरी टोलीले घरबाटै पक्राउ गरेको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरीक्षक भुपेन्द्र गिरीले जानकारी दिए ।

प्रहरी निरीक्षक गिरीका अनुसार गत वर्ष चैत ९ गते सर्लाही जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा कैद र जरिवानाको फैसला गरेपछि राई फरार भएका थिए । उनलाई पक्राउ गरि अदालत बुझाइएको हो ।

प्रहरीले यसअघि बिहीबार पनि चोरी मुद्दामा एक महिना कैद र रु ६० हजार जरिवाना तोकिएपछि फरार भएका हरिवन नगरपालिका–११ का बुधन भन्ने शेष हमिद (बुधन)लाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..