ज्यान मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ

बाँके । अपहरण तथा कर्तव्य ज्यान मुद्दाका फरार एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगंज उपमहानगरपालिका–१० भृकुटीनगर बस्ने ३० वर्षीय सौभाग्य मल्ल छन् । उनलाई १० वर्षपछि प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

नेपालगंज उपमहानगरपालिका–१ पारिजात मार्ग बस्ने २१ वर्षीय हिमाल बुढालाई २०६७ माघ ३ गते अपहरण गरी बन्धक बनाई मारेको घटनामा उनी फरार रहेका थिए । उनी गोरखामा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय गोरखासँगको समन्वयमा पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत बाँकेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..