छोराद्वारा बञ्चरो प्रहार गरि बुवाको हत्या

कञ्चनपुर । कञ्चनपुरमा एक युवकले बञ्चरो प्रहार गरि आफ्नै बुबाको हत्या गरेका छन् । जिल्लाको लालझाडी गाउँपालिका–२ कञ्जका २२ वर्षीय रामविलास रानाले उनको बुबाको हत्या गरेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अुसार रामविलासले आइतबार राति आफ्नो बुबा गन्नु रानाको हत्या गरेका हुन् ।

‘राति १० बजेतिर युवकले आफ्नो ४२ वर्षीय बुबाको हत्या गरेको पाइयो । उनले बुबाको हत्याका लागि बञ्चरो प्रयोग गरेको अनुुसन्धानबाट खुलेको छ,’ प्रहरीले भन्यो ।नाको खबर पाएपछि इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोली राना निवासमा पुगेको थियो ।

प्रहरीले रामविलासलाई बञ्चरोसहित राति नै नियन्त्रणमा बताइएको छ । मृतकको शव पोष्टमार्टमका लागि धनगढी पठाइएको छ ।त्यस्तै छोरा रामविलासलाई भने नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..