फरार अभियुक्त सुर्खेत प्रहरीको नियन्त्रणमा

विरेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा सजाय पाई फरार रहेका अभियुक्तलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।

सुर्खेतको सिम्ता गाउँपालिका–४ का ६२ वर्षीय भद्रबहादुर सिंह, सोही गाउँपालिका–८ का ६६ वर्षीय कुशल खत्री र सिम्ता–६ का ३७ वर्षीय करण नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

सिंहलाई लागुऔषध गाँजा चरेस मुद्दामा अदालतले १० महिना १८ दिन कैद सजायको फैसला सुनाएको थियो । खत्रीलाई ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत २०५१ असार ९ को फैसला आदेशले सात वर्ष कैद सजाय सुनाएको थियो ।

त्यसैगरी नेपालीलाई सार्वजनिक मुद्दामा अदालतले रु ५०० जरिवानाको फैसला गरेको थियो । तीन अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..