ठगी गरेको आरोपमा युवक पक्राउ


जनकपुरधाम । कीर्ते नियुक्ति पत्र दिएर व्यक्तिसँग रकम ठगी गर्ने एक युवक धनुषाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको धनौजी गाउँपालिका १ बस्ने २५ बर्षीय शहादत्त राइन छन् । उनलाई जनकपुरधाम उपमहानगरपालिका २ स्थित कदम चोकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

राइनले गाउँकै तीन जना युवकलाई सडक डिभिजन जनकपुर प्रदेश २ को कीर्ते नियुक्ति पत्र दिएर २ लाख रुपैयाँका दरले ठगी गरेको पाइएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी दिपक कुमार रायले बताए ।


धनौजी गाउँपालिका- १ बस्ने २० बर्षीय पारस कुमार पासवान, १९ बर्षीय बबलु पासवान र दीपेश पासवानलाई उक्त कार्यालयको आइटी सुपरभाइजर पदको नियुक्ति पत्र, मासिक तलव र सो सम्बन्धी सम्झौता पत्र दिएर २ लाख रुपैयाँका दरले ठगी गरेको पाइएको रायले बताए ।

राइनले दिएको नियुक्ति कीर्ते रहेको पाइएपछि पारस पासवान समेतले जिल्ला प्रहरी कार्यालयमा किर्ते ठगी शीर्षकमा जाहेरी दरखास्त दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।


राइनलाई जिल्ला अदालतबाट सरकारी छाप कीर्ते र ठगी मुद्दा शीर्षकमा अनुसन्धान गर्न १० दिन हिरासत राख्न अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..