सरकारलाई निर्वाचन आयोगको आग्रह : ‘स्थानीय तह निर्वाचनको मिति यथाशीघ्र तोक्नु’

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मिति यथाशीघ्र तोक्न सरकारसँग आग्रह गरेको छ । आयोगले मंगलबार प्रेस विज्ञप्ती जारी गरेर यथाशीघ्र स्थानीय तह निर्वाचनको मिति तोक्न सरकारसँग आग्रह गरेको हो ।

आयोगद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘वर्तमान संवैधानिक एवं कानूनी ब्यवस्थाको आधारमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने काम जति विलम्ब हुदै जान्छ, त्यति नै निर्वाचन ब्यवस्थापनको कार्य ब्यवहारिक एवं प्राविधिक कारणले जटिल बन्दै जान्छ भन्ने तथ्यलाई दृष्टिगत गरी स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा (१) बमोजिम आयोगको परामर्शमा आगामी स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न नेपाल सरकार समक्ष निर्वाचन आयोग आग्रह गर्दछ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..