सर्लाहीबाट लागुऔषध गाँजासहित श्रीमान्-श्रीमती पक्राउ


जनकपुरधाम । सर्लाहीबाट लागुऔषध गाँजासहित श्रीमान्-श्रीमती पक्राउ परेका छन् ।हरिवन नगरपापालिका ८ पुरानो बजारस्थित भित्री सडकखण्डबाट बा६८प ४९७२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरिएको सर्लाही प्रहरीका प्रवक्ता एवम् डीएसपी माधवप्रसाद बुढाथोकीले बताए ।


बागमती नगरपालिका-१२ बस्ने ३८ वर्षीय रुद्रबहादुर अधिकारी र पछाडि सवार उनका ३० वर्षीय पत्नी ऋचा अधिकारीलाई गाँजासहित पक्राउ गरिएको बुढाथोकीले बताए । उनीहरूको साथबाट पाँच किलो गाँजा बरामद भएको छ ।


दुवैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..