अवैध सुनसहित २ जना मानिस पक्राउ

पाेखरा । कास्की जिल्लामा अवैध रूपमा सुनको ओसार पसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, कास्की तथा वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको संयुक्त प्रहरी टोलीले २०७८ माघ १ गते अवैध सुन सहित २ जनालाई पक्राउ गरेकाे छ ।

कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ३० पावरहाउस चोकस्थित पृथ्वी राजमार्ग सडक खण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा काठमाण्डौंबाट पोखरातर्फ आउँदै गरेको बसमा सवार जिल्ला बाग्लुङ बा. न.पा. वडा नं.७ बस्ने वर्ष २० को अम्मर विश्वकर्माको साथबाट अवैध सुनको सिक्री ३ थान तौल गर्दा २० तोला ४३ लाल ८ प्वाईन्ट (२३८.४४ ग्राम) फेला पारेको प्रहरीले जनाएकाे छ ।

त्यसै गरी २०७८ माघ ३ गते सोही स्थानमा काठमाण्डौबाट पोखरातर्फ आउँदै गरेको माईक्रोबसमा सवार जिल्ला म्याग्दी अन्नपूर्ण गा.पा. वडा नं.२ घर भएका वर्ष २९ का अंकित सुनारको साथबाट पनि अवैध सुनका गरगहना (सिक्री ५ थान, औँठी १ थान र रिङ १ जोर) तत्काल तौल गर्दा २१ तोला ९० लाल ३ प्वाईन्ट (२५५.४७ ग्राम) सहित बरामद गरेकाे कास्की प्रहरी जानकारी दिएकाे छ ।


पक्राउ परेका दुबै व्यक्तिहरूकाे साथबाट जम्मा बरामद अवैध सुन ४९३.९१ ग्राम (बजार मूल्य रु.३८,९७,५४२।(अठतिस लाख सन्तानब्बे हजार पाँच सय बयालिस रूपैयाँ) मूल्यांकन भएकाे पनि प्रहरीले बताएकाे छ । प्रहरीले निजहरूलाई पक्राउ गरी अनुसन्धानको लागी राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाएको बताएकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..