प्रधानन्यायाधीशलाई पत्रकार महासंघले भन्यो : उच्च नैतिकता देखाऊ, अदालतको गरिमा राख

काठमाडौं । नेपाल पत्रकार महासंघले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई उच्च नैतिकता प्रदर्शन गर्न र अदालतको गरिमा रक्षा गर्न आग्रह गरेको छ ।
बुधबार विज्ञप्ति जारी गर्दै महासंघले नेपाल बार एशोसिएसन र नागरिक तहबाट उठेका प्रश्नलाई गम्भीर रुपमा लिँदै उच्च नैतिकता देखाउन, गतिरोध अन्त्य गरी अदालतको गरिमाको रक्षा गर्न न्यायालय नेतृत्वलाई आग्रह गरेको हो ।
महासंघले आन्दोलनरत पक्षलाई पनि अदालतको गरिमा र मर्यादाको ख्याल गर्न आग्रह गरेको छ ।प्रधानन्यायाधीश जबराले सरकारमा भागवण्डा खोजेको, न्यायपालिकाको गरिमा कायम राख्न नसकेको, भ्रष्टाचार गरेको, न्यायिक विचलन देखिएको जस्ता आरोप लगाएर नेपाल बार एशोसिएसनले तीन हप्तादेखि सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेको छ । सर्वोच्च अदालतका धेरैजसो न्यायाधीशले पनि प्रधानन्यायाधीशको राजीनामा माग्दै बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा सुनुवाइ गरेका छैनन् ।

महासंघले सर्वोच्च अदालतमा देखिएको गतिरोधले जनता न्याय प्राप्त गर्ने आफ्नो हकबाट वञ्चित भएको भन्दै यसले अदालतप्रतिको भरोसा कमजोर हुने खतरा देखिएको बताएको छ ।अदालतमा गम्भीर समस्या उत्पन्न हुँदा पनि जननिर्वाचित संसद, सरकार र राजनीतिक दलले आश्चर्यजनक मौनता देखाएको भन्दै महासंघले असन्तुष्टि जनाएको छ ।
महासचिव रोसन पुरीले विज्ञप्तिमा भनेका छन्, ‘मुलुकको संवैधानिक निकाय सर्वोच्च न्यायालयमा लामो समयदेखि गम्भीर समस्या उत्पन्न हुँदा जननिर्वाचित संसद्, सरकार र राजनीतिक दलले देखाएको आश्चार्यजनक मौनताप्रति पनि महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघ संसद्, सरकार र राजनीतिक दललाई समस्या समाधानका लागि आवश्यक पहल र अग्रसरताको लागि अपिल गर्दछ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..