सप्तरीमा वडाध्यक्षको कुटाइबाट एक युवक गम्भीर घाइते

सप्तरी। रुपनी गाउँपालिका–१ का वडा अध्यक्ष पिताम्बर यादवको कुटाइबाट स्थानीय २५ बर्षीय दलित युवा गम्भीर घाइते भएका छन् । महिलालाई भगाएको बिषयमा बसेको ‘पञ्चायती’ मा वडा अध्यक्ष यादवले स्थानीय पुरुषोत्तम सदालाई मरन्नासन हुनेगरि कुटपिट गरेका हुन् ।


वडा अध्यक्ष यादवले युवकलाई पञ्चायतीमा बोलाएर निर्घात कुटपिट गरेको स्थानीयले बताएका छन् । वडा अध्यक्षसहितका पाँच जनाको समूहले युवकलाई मरनासन्न हुनेगरी कुटपिट गरेको स्थानीय राजु जयसवालले बताए । कुटपिटबाट युवक गम्भीर घाइते भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा प्रहरी पुग्दा सबैजना भागेको जयसवालले जानकारी दिए । घाइते युवकको राजविराजको गजेन्द्रनारायण सगरमाथा अञ्चल अस्पताल उपचार भईरहेको छ । सप्तरीका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक माधवप्रसाद काफ्लेले पनि घटनाबारे प्रहरीलाई जानकारी आएको बताए । उनले पीडितबाट जाहेरी आइनसकेको बताउँदै जाहेरी आउन साथ घटनामा संलग्नहरूमाथि कारबाही हुने बताए ।

वडा अध्यक्ष यादवले भने आफुले कसैलाई कुटपिट नगरेको प्रतिक्रिया दिए । महिलालाई भगाएर ल्याएको विषयमा गाउँमा छलफल बस्दा समाजमाथि अश्लिल शब्द प्रयोग गर्दा छलफलमा बसेका केही व्यक्तिबीच सामान्य घम्साघम्सी मात्र भएको उनले बताए । युवक आफै लागुऔषध सेवन गरेर बेहोश भएको अध्यक्ष यादवले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..