चन्द्रपुर नगरपालिकाका जनप्रतिनिधिले लिए कानून विपरित चाडपर्व र पोशाक खर्च

गौर । रौतहटको चन्द्रपुर नगरपालिकाका जनप्रतिनिधिहरुले कानून विपरित चाडपर्व खर्च र पोशाक खर्च लिएका खुलेको छ ।महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको सो नगरपालिकाको आर्थिक वर्ष २०७६÷७७ को लेखा परीक्षणको प्रतिवेदन अनुसार नगरपालिकाका जनप्रतिनिधिहरुले कानुमै नभएको चाडपर्व खर्च र पोशाक खर्च वापत २० लाख ४३ हजार लिएका हुन् ।


स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्बन्धी ऐन २०७५ मा स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुलाई चाडपर्व खर्च दिने व्यवस्था नगरेपनि सो नगरपालिकाले समेत सुविधा स्वरुप उपलब्ध गराएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन अनुसार २०७६ असोजको मासिक पारिश्रमिक सुविधा भुक्तानी गर्दा पारिश्रमिक तथा सुविधा भर्पाईमा नगरपालिकाका ५४ जना जनप्रतिनिधिहरुलाई थप एक महिना बराबरको ६ लाख ९३ हजार पर्व खर्च उपलब्ध गराइएको छ ।


त्यसैगरी सो ऐनमा पदाधिकारीहरुलाई पोशाक वापत रकम उपलब्ध गराउने व्यवस्था नभएपनि नगरपालिकाले प्रदेश नम्बर २ को संसदमा विचाराधीन विद्येयकलाई आधार बनाई निर्णय गरी प्रति सदस्य जनही १० हजारका दरले ५४ जनालाई ५ लाख ४० हजार वितरण गरेको प्रतिवेदनमा उल्लेख गरिएको

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..