काठमाडौँको फोहोर भोलिबाट उठ्ने, अवरोध भए बल प्रयोग गरिने

काठमाडौँ । काठमाडौँ महानगर र उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर भोलि विहान ६ बजेबाट उठ्ने भएको छ ।काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षक लगायत सहितको आज बसेकाे बैठकले यस्तो निर्णय गरेको हो।

काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले भन्नुभयाे,’ ‘लामो समयसम्म फोहोर नउठाउँदा महानगरसँगै उपत्यकामा प्रदुषण बढ्ने भएकाले सरोकारवाला निकायसँगको छलफलपछि फोहोर उठाउने निर्णयमा पुगेका छौँ, ।
शाक्यले स्थानीयहरूलाई कुनै पनि असर नपर्ने गरी फोहोर व्यवस्थापन गर्ने गरी निरन्तर लागेको जानकारी दिनुभयाे।काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले काठमाडौं महानगरपालिकाका प्रमुखको संयोजकत्वमा बसेको बैठकमा सकारात्मक छलफल भई फोहोर उठाउने निर्णय भएको जानकारी दिनुभयाे ।

उहाँले भन्नुभयो, आजको बैठकमा मोटामोटी ३ विषयमा निर्णय भएका छन्, पहिलो निर्णय नै काठमाडौं उपत्यकाको फोहोर भोलि बुधबार बिहान ६ बजेबाट उठाउने भयो ।’

दोस्रो, त्यहासम्म जाने बाटो सडक विभागले काठमाडौं महानगरपालिकासँग समन्वय गरेर बाटोको तत्काल व्यवस्थापन गर्ने रहेको उहाँले बताउनु भयो ।

त्यस्तै, ‘फोहोर उठाउन र त्यहाँ व्यवस्थापन गर्ने सन्दर्भमा सुरक्षा चुनौति देखियो भने शान्ति(सुरक्षाको व्यवस्था गृह प्रशासनले मिलाउँछ । त्यसका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोट र काठमाडौंबीच समन्वय गरेर सुरक्षाको प्रवन्ध मिलाउेन र तत्काल फोहोर व्यवस्थापन गरिने रहेको प्रमुख जिल्ला अधिकारीले बताउनु भयो ।साथै, फोहोर व्यवस्थापनमा स्थानीय अवरोध भए बल प्रयोग गरेर भए पनि फोहोर व्यवस्थापन गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘त्यसका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोट र काठमाडौंबीच समन्वय गरेर सुरक्षाको प्रवन्ध मिलाउेन र तत्काल फोहोर व्यवस्थापन गरिनेछ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..