विकास निर्माणमा कसैले राजनीति नगराैं : प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विकास निर्माणमा कोही कसैले राजनिति गर्न नहुने भन्दै सबैको सामुहिक साथ र सहयोगबाट मात्र उपलब्धी हासिल गर्न सकिने बताएकी छिन् । शनिबार कबिलास स्वास्थ्य चौकी तथा डालेटार आयुर्वेद स्वास्थ्य केन्द्र भवनको सिलान्यास गर्दै उनले सो कुरा बताएकी हुन् ।

भरतपुरको वडा नं. २९ मा कबिलास स्वास्थ्य चौकी तथा डालेटार आयुर्वेद स्वास्थ्य केन्द्रको भवन लामो प्रयास पछी शिलान्यास गर्न सफल भएको भन्दै उनले तोकिएको समयमा गुणस्तरिय निर्माण सम्पन्न गरी स्वास्थ्य सेवा संचालन गर्न आग्रह गरिन् । प्रमुख दाहालले भरतपुरको हिल स्टेसनको रूपमा परिचय बनाउदैं गएको रमणिय पहाडी भूगोल समेटिएको वडा नं. २९ को विकासमा आफू सधैं केन्द्रित रहेको उल्लेख गरिन् ।

उनले यस क्षेत्रका बाटोघाटो निर्माण, शुद्ध पिउनेपानी, सिंचाईका साथै शिक्षा स्वास्थ्य, कृषि र पर्यटन विकासका क्षेत्रमा उल्लेख्य कामहरू भईरहेको बताईन् । सोही अवसरमा प्रमुख दाहालले ‘एक वडा, एक स्वास्थ केन्द्र’ निर्माण तथा संचालन गर्दै आएको बताउदैं आवश्यकताका आधारमा यसको संख्या थपिदै जाने बताईन् । वडा न. २९ को भूभाग सम्वेदनशिल तथा जोखिम प्रकृतिको रहेको भन्दै उनले सोही बमोजिम यस क्षेत्रको बिकास गर्नुपर्नेमा जोड दिईन् ।

‘भरतपुर महानगरपालिकामा जनप्रतिनिधीको रूपमा आए संगै आत्मनिर्भर र योजनाबद्ध विकासको लागी दृढताका साथ लागिपरेको छु’,उनले भनिन्,‘यही दृढ इच्छा शक्तिका कारण भरतपुर एक हेर्न लायकको सहर बनिरहेको छ ।’ उनले विकासमा कोही कसैले राजनिति गर्न नहुने भन्दै सबैको सामुहिक साथ र सहयोगबाट मात्र उपलब्धी हासिल गर्न सकिने उल्लेख गरिन् ।

शिलान्यास कार्यक्रममा उप प्रमुख पार्बती शाह ठकुरीले निर्माणा धिन स्वास्थ्य चौकी भवनको निर्माणले यस क्षेत्रका नागरिकले प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्ने भन्दै समयमै गुणस्तरिय ढंगले निर्माण कार्य अगाढी बढाउन आग्रह गरिन् । भरतपुर महानगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत भोजराज खतिवडाले नागरिकलाई गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्न यो स्वास्थ्य केन्द्र सक्षम हुने बिस्वास व्यक्त गरे

स्वास्थ्य केन्द्र भवनको शिलन्यास कार्यक्रममा नेकपा माओवादी केन्द्रका वडा इन्चार्ज गोपाल कुँवर, भरतपुरमहानगरपालिका जन स्वास्थ्य महाशाखा प्रमुख दिपक सुवेदी लगायतले आ– आफ्नो धारणा राखेका थिए ।

६९ लाख ५० हजारको लागतमा निर्माण हुन लागेको कबिलास स्वास्थ्य केन्द्र ४ कोठाको हुनेछ भने पुस मसान्त भित्र निर्माण सम्पन्न गरि सेवा संचालनमा आउनेछ । शिलन्यास कार्यक्रम वडा अध्यक्ष मन बहादुर रानाको अध्यक्षतामा सम्पन्न भयको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..