असारे विकास : ४० लाख खर्च गरेर बनाएको ढलान बाटो एक हप्ता नपुग्दै भत्कियो

आलोक यादव
सिरहा । सिरहाको भगवानपुर नगरपालिका भगवानपुर गाउँपालिकाको कार्यालय भगवानपुरमा ४० लाख  लागतमा  बनेको ढलान बाटो एक हप्ता नबित्दै भत्किएको छ । गाउँपालिका कार्यक्रमको बजेटले २०७७/०७८ सालको असार महिनामै गरेको सो बाटो ढलान भत्केको हो । स्थानीयबासीका अनुसार गाउँपालिकाले असारको अन्तिम समयमा आएर बजेट सकाउन हतार हतारमा स्थानीय दुनियालाल यादवको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी ४० लाखको लागतमा बाटो ढलान गरेका थिए ।

एकातिर बनाउँदै जाँदा अर्कोतिर भत्कीरहेको थियो । एक हप्ता नवित्दै पुनः ठाउँ ठाउँमा उक्त ढलान भत्किने र चर्कने भएको छ । स्थानीय बिजय यादवले बजेट सकाउन मात्र यहाँ बाटो ढलान गरेको बताए । उहाँले बाटो ढलानको काम नभएको तर हाललाई नालाको अति आवश्यक रहेको बताए ।

स्थानीयले जबरजस्तीको असारे विकासको परिणाम र गापा कार्यक्रमको बजेटको दुरुपयोग बढ्दै गएको बताए । बाटो ढलान  गर्दा पुरै गुणस्तरहिन काम गरेको उनीहरुको आरोप छ । उनीहरुले ढलानमा प्रयोग हुने माल मात्र अनुसार नभएकोले ढलान गुणस्तर नभएको दाबी छ ।

अध्यक्ष बेचन यादवले आफ्नै गाउँका जनतालाई समेत विकास निर्माणको कार्यमा ठग्दै विना मतलवको कार्यहरुमा कमिशनको चक्करमा बजेट दुरुपयोग गरिरहेको सर्वसाधारणको आरोप लगाउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..