निर्माण ब्यबसायीसँग मिलोमतोमा बर्सेनी एउटै काम गरेर करोडौं अनियमितता गर्दै राजेन्द्रलाल दास

सडक डिभिजन कार्यालय लहानका प्रमुख राजेन्द्र लाल दासले निर्माण ब्यबसायीसँगको मिलोमतोमा बर्सेनी एउटै काम गरेर करोडौं अनियमितता गर्ने गरेको स्थानीयले आशंका

लहान । सप्तरीको राजबिराज–रुपनी सडकखण्डको पुनर्निर्माण कार्यमा सडक डिभिजन कार्यालय लहानले चरम लापरबाही गरेको छ । बर्षेनी सडक पुनर्निर्माणको नाममा सडक पेटिका माटो झिक्दा मूल सडकको कालोपत्रे भासिदा यातायातका साधनलाई आवतजावतमा सास्ती खेप्नु परेको हो । सडक पुनर्निर्माण गर्ने बहाना सडकको पेटिमा गहिरो खाल्डा खन्दा मूल सडकको कालोपत्रे भाँसिएको स्थानीय बताएका छन् ।

बर्षेनी सडक पेटी खन्ने र नयाँ ग्राईभेल हाल्ने गरिन्छ, एक स्थानीयबासीले भने, कसले ठेक्का लिएको हो र कहिलेसम्म काम सक्ने त्यो पनि कुनै अत्तोपत्तो छैन, सांकेतिक साईनबोर्ड पनि राखेको छैन । सडक पेटिमा खाल्डो खन्दा मूल सडकको कालोपत्रे भाँसिएकाले सवारी साधन आवतजावतमा समस्या हुने गरेको स्थानीयहरुले जनाएको छ । बन्दाबन्दीको समयमा सवारी साधन कमै आवतजावत गरेपनि दैनिक जसो खाल्डोमा परेर दुर्घटना हुन्छ, स्थानीय प्रत्येक्षदर्शीहरुले भने, निर्माण कम्पनीको लापरबाहीले सावारी चालक र यात्रुहरुले ठूलो सास्ती खेप्नु परेको छ ।

निर्माण कार्य द्रुतगतिमा सम्पन्न गरि सवारी आवतजावतमा सहजता ल्याउन र सडकलाई थप क्षति हुनबाट जोगाउन सरोकारवालाहरुको स्थानीयबासीले ध्यानाकर्षण गराएको छ । स्थानीयले राजबिराज–रुपनी सडकलाई सडक डिभिजन कार्यालय लहानले दुहुनो गाई बनाएको आरोप लगाएका छन् । सडक डिभिजन कार्यालय लहानले निर्माण ब्यबसायीसँगको मिलोमतोमा बर्सेनी एउटै काम गरेर करोडौं अनियमितता गर्ने गरेको स्थानीयले आशंका गरेका छन् ।

सप्तरी सदरमुकाम जोड्ने मूल मार्गको रुपमा रहेको राजबिराज–रुपनी सडकको दुर्दशा हुँदा समेत सरोकारवाला निकायहरू भने मौन देखिएको छ । सडक डिभिजन कार्यालय लहानका प्रमुख राजेन्द्रलाल दासले सडक निर्माण कार्यमा लापरबाही भएको स्वीकार गरे । निर्माण ब्यबसायीको ढिलासुस्तीले समस्या आएको भन्दै प्रमुख दासले छिट्टै सडक पेटी भर्न लगाउने बताए ।

११ महिना निर्माण अबधि पाएका बिकास निर्माण सेवा लहानको काम गर्ने शैली ठीक नभएको तथा अर्का वल्डब्याई अजय जेबी लहानका ठेकेदारलाई कोरोना संक्रमित हुँदा निर्माण कार्यले गति लिन नसकेको डिभिजन कार्यालय लहानका सुचना अधिकृत ईन्जिनियर सुवास दत्तले बताए । काम छिटो सक्न बिभिन्न माध्यमबाट तागेदा गरेको जानकारी दिदै सुचना अधिकृत ईन्जिनियर दत्तले समयमा कार्य सम्पन्न नगरे निर्माण ब्यबसायीमाथि कानुन बमोजिम कारबाही हुने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..