गोलबजार नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण सहयोग

आशिष विश्वकर्मा / सिरहा । गोलबजार नगरपालिकाका मेयर देवनाथ साहले कृषिलाई व्यसायीक तथा उत्पादनमुखि बनाउन आधुनिकीकरणको आवश्यकता रहेको बताए । साना व्यससायीक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम अन्तर्गत गोलबजार नपा १२ का किसानहरुलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण कार्यक्रमलाई सम्वोधन गर्दै कृषि पेसा अझै निर्वाहमुखि नै रहेको भन्दै व्यसायीककरण गर्नुपर्ने बताएका हुन् ।


दिन–दिनै भईरहेको कृषि मजदुरको अभाव र खेति गर्ने पुराने शैलिका कारण उत्पादनमा कमी आएको मेयर साहले बताए । कृषिमा प्रविधिको प्रयोगले किसानहरुले कम जनशक्तिको प्रयोगबाट पनि राम्रो उत्पादन लिन सस्कने जनाए । मेयर साहले सिंचाईको लागि बोर्डिंङ, कृषि विद्युतिकरण र कृषि सडकहरु निरन्तर निर्माया गरिरहेको बताए ।


मैनाबत्ति नदी नियन्त्रण उपभोक्ता समिति, गोलबजार नपा १२ मार्फत यहाँका किसानलाई ५० प्रतिशत अनुदानमा खेत जोत्ने पावर टिलर, गोडमेलको लागि ब्रस कटर, पानी तान्ने मोटर, तरकारी तथा कृषि उपज जोख्न इलेक्ट्रिकल तराजु, स्पे्र मेसिन सहितका सामाग्रीहरु हस्तान्तरया गरेका छन् ।


हस्तानतरण कार्यक्रममा इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सन्तोष राईले कृषि पेसामा प्रविधिको प्रयोगसँगै युवापुस्तालाई आकर्षित गराउनुपर्ने बताए । उनले कृषि पेसालाई अझै मर्यादित नमान्ने अवस्थाको अन्तय गर्दै आधुनिक, व्यवसायीक, उत्पादन मुलक र प्रविधियुक्त बनाउनु पर्नेमा जोड दिए ।


गोलबजार नगर कृषि विकास शाखाका प्रमुख रामनारायण महतोले किसानहरुलाई कुषि उपकरणमा पहुँच र जानकारी गराउन यो कार्यक्रमको आयोजना गरेको जानकारी दिए । उनले कृषिमा उपकरणको प्रयोगले सानाकिसानको आयआर्जनमा टेवा पुग्ने जनाए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..