पकाहामैनपुर गाउँपालिकामा विकासको नाममा व्यापक अनियमितता

पर्सा । स्थानिय निकायमा विकाश निर्माणको नाममा चरम भ्रष्टचार हुने गरेको छ। जनप्रतिनिधि , कर्मचारी , उपभोक्ता समिति र ठेकेदारहरुको आपसी मिलोमतोमा विकाश निर्माणको काममा चरम अनियमिता भईरहेको छ।

पर्साको पकाहा मैनपुर गाउँपालिकाका गाउँपालिका अध्यक्ष विजय कुमार चौरसिया सहितका जनप्रतिनिधि साथै कर्मचारीहरुले कानुनको धाजिय उडाउँदै विकाश निर्माणको रकममा चरम भ्रष्टचार गर्दै आएका छन्।गाउँपालिकाको कार्यालय अगाडि बाउँड्री वालमा निर्माणमा कमसल सामग्री प्रयोग गरी निर्माण कार्य भईरहेको स्थानीयले आरोप लगाएका छन।

गाउँपालिका अगाडि गाउँपालिकाले दिएको ८ लाखको लागतमा निर्माण हुन लागेको बाउँड्री वाल निर्माण हुँदै अवस्थामा वाल भत्किन लागेको छ। दिनमा वाल जोडेर गएपनि रातिको बेला आफै वाल भत्किन लाग्दा स्थानियहरु आक्रोसित बनेका छन। त्यतै गाउँपालिकाको वडा नं २ मा मानिकपुर देखि भेलाहा सम्म जाने बाटोमा गाउँपालिकाले दिएको ५ लाखको लागतमा उक्त बाटोमा ग्रेवलको नाममा मात्र बालुवा छरिएको छ।

ग्रेवल छर्ने ठाउँमा मात्र बालुवा छरिएको देखें पछी स्थानीयले काम समेत रोकेका छन।ठेकेदार , कर्मचारी र जनप्रतिनिधिहरुको मिलोमतोमा कमसल कार्य भईरहेको छ। गाउँपालिकाबाट कार्य आदेश , एसटिमेट नलिई काम भईरहेको छ । कमिसन दिनु कार्य गर्नु कार्य गरि सके पछि कार्य आदेश , एसटिमेट सहित अरु आवश्यक कागजात एकै दिनमा तयार गरि चेक दिने जस्तो काम भईरहेको स्थानीयले आरोप लगाएका छन ।

जनप्रतिनिधिहरुले विकाशको नाममा गरेको भ्रस्टचार प्रति स्थानिय बासिन्दा समेत आक्रोसित भएका छन्। जनप्रतिनिधि र कर्मचारीले मनपरी लुट मच्चाउँदा पनि कारवाही नहुँदा स्थानियले सम्बधित निकाय प्रति आक्रोश व्यक्त गरेका छन्। गाउँपालिकामा एक त विकास निर्माणको काम नैं नगरेको गरे पनि गुणस्तर हिन काम गरेको स्थानीय बासीले आरोप लगाएका छन।

यस विषयमा गाउँपालिका अधिकृत रामेश सुवेदीसँग बुझदा निर्माण अवस्थामा पानी परेकोले बाउँड्री वाल भत्किन लागेको हो। निर्माण अवस्थामा यस्तो कार्य हुन्छ। यसमा आतिनु पर्दैन। हामीले वाल भत्किन लागेको कामको पेमेन्ट गर्दैन । बाउँड्री वालको काम पूरा भएपछि नै हामी मूल्यांकन गरेर पेमेन्ट गर्छौ । म आउनु भन्दा अगाडि बिना गाउँपालिकाबाट कार्य आदेश लिई काम भइरहेको थियो ।

म आएँ पछि पुरै काम रोकी कार्य आदेश लिई, काम हुने ठाउँमा होडिंग बोर्ड लगाई र एसटिमेट अनुसार मात्र काम गर्न भनेको छु । यदि कोई बिना कार्य आदेश लिई कार्य गर्दै छ भनें उसको पेमेन्ट हामी गर्दैनौ भने गाउँपालिका अधिकृत सुवेदीले बताएँ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..