कालिका गाउँपालिकाको भ्रष्टाचारमा अख्तियार माैन

पर्सा । स्थानीय तहका जनप्रतिनिधि लगायत कर्मचारीहरुको मिलोमतोमा व्यापक भ्रष्टाचार हुने गरेका घटनाहरु सार्वजनिक भइरहन्छन् । स्थानीय तह भ्रष्टाचारमा चुर्लुम्म डुबेको पाइन्छ। स्थानीय तह जनताको सेवा गर्नुभन्दा पनि भ्रष्टाचार तर्फ उन्मुख भएको पाइन्छ ।


जनप्रतिनिधि लगायत कर्मचारीहरुको मिलोमतोमा पर्सा जिल्लाको कालिकामाई गाउँपालिका व्यापक भ्रष्टाचार हुने गरेको सार्वजनिक भएको छ । कालिकामाई गाउँपालिकाले पनि पालिका सञ्चालनको क्रममा गर्ने गरेको अनियमितता लुकाउन दर्ता रजिष्टरमा दर्ता नम्बर खाली ठाउँ छडेर पछाडिको दर्ता नम्बरमा दर्ता गरेको पाइएको छ ।गाउँपालिकामा हुने गरेको भ्रष्टाचारलाई मिलाउनका लागि अगाडिको नम्बर दर्ता गर्न छाडेर पछाडिको नम्बरमा दर्ता गरेको तथ्य फेला परेको हो ।

गाउँपालिकामा अनियमितता र भ्रष्टाचार भइरहेको गुनासो बढेपछि गाउँ कार्यपालिकाको कार्यालय हरिहरपुर विर्ता पुगेका सञ्चारकर्मीहरुलाई आर्थिक बर्ष २०७७/७८ मा सञ्चालनमा रहेको बिकास निर्माण सम्बन्धी कुनै कागजात नरहेको कर्मचारीहरुले बताए ।कार्यालयमा रहेको दर्ता चलानी रजिष्टरमा खाली ठाउँ छोडेर दर्ता चलानी गरिएको फेला परेको हो ।

गाउँपालिकाको दर्ता रजिष्टरमा मिति २०७८ जेठ १ गतेसम्म दर्ता नं. ११२१ सम्म क्रमश दर्ता गरिएपनि दर्ता नं. ११२२ दर्ता नगरी खाली ठाउँ राखिएको छ ।त्यसपछि मिति २०७८ जेठ ३ गते दर्ता नं. ११२३ भएको हाजिर गायब सम्बन्धी पत्र दर्ता गरिएको छ । त्यसपछि पुनः मिति २०७८ जेठ ३ गते नै दर्ता नं. ११२४ पेश्की माग सम्बन्धी पत्र दर्ता गरिएको छ ।तर फेरी दर्ता नं. ११२५ र दर्ता ११२६ को ठाउँ खाली राखेर अर्को दर्ता गरिएको छ । मिति २०७८ असार ३ गते अन्तिम दर्ता नं. ११९२ सूचना माग सम्बन्धी पत्र दर्ता गरिएकोे छ ।

त्यसको बीचमा पनि केही दर्ता नं. को खाली ठाउँ राखिएकोले ब्यापक अनियमितता भएको पुष्टि हुन्छ ।दर्ता रजिष्टरमा किन खाली ठाउँ राखेर दर्ता गरिएको हो ? भन्ने बारे प्रश्न गर्दा कार्यालयमा भेटिएको कर्मचारीले जवाफ दिन सकेनन् । यस सम्बन्धमा कार्यालयमा नभेटिएका प्रमुख प्रशासकीय अधिकृत जयचन्द्र साहसँग बुझ्न ९८५५०११११८ नम्बरमा सम्पर्क गर्दा उनले फाेन उठाएनन।


आर्थिक मसान्तको अन्तिममा आएर अनियमितता र पुरानो मितिमा दर्ता गर्न प्रयोजनको लागि दर्ता रजिष्टरमा खाली ठाउँ राखेर दर्ता गर्ने गरिएको छ । गाउँपालिकामा सञ्चालित थुप्रै बिकास निर्माण र सामग्री खरिदको सूचना गाउँपालिका वेबसाइटमा पनि राखिएको छैन ।

उक्त सूचनाहरु गाउँपालिकाको कार्यालयमा पनि नरहेकोे सूचना अधिकारी अमित चौरसियाले बताए ।गाउँपालिकामा बढ्दै गएको अनियमितता र भ्रष्टाचार सम्बन्धमा छानविनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पटक–पटक उजुरी परेपनि अख्तियार माैन छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..