प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात

धनुषा । धनुषाको एक स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीबीच विवाद हुँदा कर्मचारीमाथि हातपात भएको छ । धनुषाको औरही गाउँपालिकाका अध्यक्ष ब्रम्हदेव यादवले प्रमुख प्रशासकीय अधिकृत सुवोधकुमार ठाकुरमाथि हातपात गरेका हुन् । स्थानीय तहमा उपभोक्ता समितिमार्फत भएको कामको भुक्तानी सम्बन्धी विवाद बढेपछि गाउँपालिका अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरेको पीडित पक्षको भनाइ छ ।

अध्यक्ष यादवले बजेट निकासाका लागि गरेको आग्रहलाई प्रमुख प्रशासकीय अधिकृतले बेवास्ता गरेपछि भनाभन भएको बताए । तर आफूले प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात नगरेको उनको भनाइ छ ।

उनले भने, ‘मैले कसैमाथि हातपात गरेको छैन ।’गाउँपालिकामा ४÷५ महिनापूर्व स्थानीय रमानन्द पाण्डेय, मो. सबुर शेख, मो. रजाक राईन लगायतकाले उपभोक्ता समितिमार्फत गरेका निर्माण कार्यको करिब ६० लाख रुपैयाँ भुक्तानी बाँकी रहेको र सो भुक्तानी गरिदिन आफूले आग्रह गर्दा प्रमुख प्रशासकीय अधिकृतले बेवास्ता गरेपछि भनाभन भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..