भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष पक्राउ

सुनसरी। सुनसरीको भोक्राका नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ । धरानस्थित एक होटलबाट यादवलाई पक्राउ गरिएको प्रदेश–१ प्रहरी कार्यालयका डिआइजी ईश्वरबावु कार्कीले बताए ।


धरान–१३ स्थित भेडेटार जाने बाटोमा रहेको डुकु होटलमा लगेर १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । किशोरीले उनीविरुद्ध जबर्जस्ती करणी विरुद्धको जाहेरी दिएको डिआइजी कार्कीले बताए ।

उनी तत्कालीन संघीय समाजवादी पार्टीबाट अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..