सिरहाको गोलबजार नपामा वैधानीक भ्रष्टाचार मौलाउँदै

मुकेश कुमार यादब

सिरहा । सिरहाकोे गोलबजार नगरपालिकामा जनप्रतिनिधि तथा कर्मचारीहरुको मिलोमतोमा अधिकाशं योजनामा नामकै लागी उपभोतmा समिति गठन गरि विकास निमार्णको कार्य ठेकेदारले गर्ने गरेको पाइएको छ ।

जनप्रतिनिधि र कर्मचारीकै मिलेमत्तोमा १० लाखभन्दा माथिको निर्माणकार्यमा उपभोक्ता समिति नामको लागि मात्र गठन गर्ने र ठेक्केदारसंगको मिलेमत्तोमा स्टिमेट अनुसारको रकम निकासा गरि अनियमितता गर्ने गरेको पाइएको हो ।

alt

जनप्रतिनिधिहरुले आफनो आसेपासे तथा नातेदारहरुलाई उपभोक्ता समिति बनाउने र कर्मचारीहरुको सेटिङ्गमा ठकेदारलाई जिम्मा लगाएर अनियमिता गर्नेगरेको नाम नखोल्ने सर्तमा एक उपभोक्ता समितिले बताए । यसको उदाहरण हो गोलबजार नगरपालिकामा निमार्ण गरिएकोे कवर्डहल ।

167098558_967341050744399_8118394506101741266_n

आ.व. ०७५÷०७६ मा गोलबजार नगरपालिका ४ मा निर्माणगरीएको कवर्ड हल निमार्णको लागी ९५ लाख रकम विनियोजन गरिएको थियो । यसको ठेक्का गुन्जा कन्ट्रक्सनले प्रस्तावित रकमको ४० प्रतिशत भन्दा बढीविलोमा ठेक्का स्वीकार गरी काम गरेका थिए । ठेक्केदारले कार्य समपन्न नगरिएतापनि बाँकी कामको लागि नगरले पुनः ७० लाख रुपैयाँ विनियोजन गरी ठेकेदारको आफन्त र छिमेकीहरुलाई घरमै राखेर उपभोक्ता समिति गठन गरेर काम गरेको बुझिएको छ ।

यसले सीमा सम्वन्धि विवादपनि श्रृजना गरेको छ । अघिल्ला कामहरु वार्ड नम्वर ४ को उपभोक्ता समिति गठन गरीएकोे भएपनि यो पटक ठकेदारको स्वार्थ अनुकुल वार्ड नम्वर ६ बाट उनका आफन्त र छिमेकीहरुलाई घरमै बोलाएर उपभोक्ता समिति गठन गरेको बताइएको छ । समितिमै रहेका कतिपयलाई कुन कामको लागि, कति रकमको र के काम भयो भन्ने सम्म जानकारी छैन । यसले अनियमिताको ह्वास्सै गन्ध दिएको स्थानीयहरु बताउँछन् ।

167063348_134427875303672_2201044525835436280_n

गत आ.व. २०७६÷२०७७ विभिन्न योजनाको लागी निकालिएको करिब १५ करोड बरावरको टेन्डरपनि गोलबजार स्थितको गुन्जा कन्सट्रक्सनले ९७ प्रतिशत ठेक्का पाउनुले पनि जनप्रतिनिधी तथा कर्मचारीहरुको मिलेमत्तो प्रष्ट हुने नगरवासीहरु बताउँछन् ।

ठेकेदार र जनप्रतिधिको मिलेमत्तोमा वैधानिक प्रक्रिया पुरा गरेर अनियमितता गर्ने गरेको पाइएको हो । यो यसको उदाहरणमात्र हो । गोलबजारका निर्माणकार्यमा यस्ता धेरै वैधानीक अनियमितता हुने गरेको पाइएको छ ।

प्रत्यक कार्यालयको ढोकामै ‘म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न’ भन्ने स्लोगन लेखेपनि स्थानीय तहका कर्मचारी र जनप्रीतनीधिको क्रियाकलापले भ्रष्टाचारको अखडा बनेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..