ट्याक्टरका सहचालकलाई कालिगण्डकी नदीमा फाल्ने मुख्य अभियुक्त पक्राउ


स्याङ्जा । लु.अ.अ.फ. १०१२ अस्थायी नम्बरप्लेट भएको ट्याक्टरका सहचालक गल्याङ नगरपालिका-८ बंग्रान्ती बस्ने १९ वर्षीय गणेश गाहालाई घाइते अवस्थामा कालिगण्डकी नदीमा फालेको अभियोगमा सोही ट्याक्टरका चालक गल्याङ नगरपालिका-८ बंग्रान्ती बस्ने २७ वर्षीय अमित परियारलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

ट्याक्टरबाट खसेर घाइते भएका आफ्नै ट्याक्टरका सहचालकलाई नदीमा बगाएको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खोजतलास तथा अनुसन्धानको लागि खटिएको प्रहरी टोलीले घटनामा संलग्न ट्याक्टरका अर्का सहचालक गल्याङ नगरपालिका-८ बंग्रान्ती बस्ने २१ वर्षीय सुनिल रानालाई पाल्पा प्रहरीको सहयोगमा चैत ८ गते पक्राउ गरेको थियो ।
सोही घटनामा संलग्न रही फरार रहेका मुख्य अभियुक्त तथा चालक अमितलाई श्रीमती र छोरी सहित भारततर्फ भाग्न लागेको अवस्थामा वडा प्रहरी कार्यालय वालिङ स्याङ्जाबाट खटिएको प्रहरीले रूपन्देहीको वेलहिया नाकाबाट फेला पारी पक्राउ गरेको हो ।

चैत ५ गते ट्याक्टर चालक अमित तथा सहचालकद्वय सुनिल र गणेशले साँखरबाट दिनभरी वालुवा बोकी बेलुकी फर्कने क्रममा गणेश ट्याक्टरबाट खसेर घाइते भएपछि उनलाई अमित र सुनिलले सोही ट्याक्टरमा राखेर कालिगण्डकी साँखरघाटमा लगी नदीमा बगाएको खुल्न आएको छ ।

अमितलाई जिल्ला अदालत स्याङ्जाबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..