सीटीईभीटीको परीक्षामा चिट चोर्न सघाएको आरोपमा ५ जना पक्राउ

जनकपुरधाम । सीटीईभीटीको परीक्षामा परीक्षार्थीलाई चिट चोर्न सघाएको आरोपमा जनकपुरधामबाट प्रहरीले शुक्रबार पाँच जनालाई पक्राउ गरेको छ ।

जनकपुरधामस्थित एक परीक्षा केन्द्रमा अनुगमन गर्न खटिएको टोलीले परीक्षा हलमा अत्याधिक चिट फेला पारेपछि यसको अनुसन्धान गरिएको थियो । अनुसन्धानको क्रममा फोटोकपी गर्ने व्यक्तिले नै चिट तयार गरिदिने रहस्य खुलेको थियो । सोही अनुसन्धानको आधारमा जनकपुरधामको मुरली चोक र भैरव चोकबाट पाँच जना फोटोकपी गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको धनुषा प्रहरीका प्रबक्ता मकेन्द्रकुमार मिश्रले बताए ।

उनका अनुसार पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका-३ का रोहित गुप्ता, मनोज श्रेष्ठ, वडा नम्बर-४ का विजयकुमार साह, वडा नम्बर-५ का कौशलकिशोर साह र जयकुमार साह छन् । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरिएको प्रबक्ता मिश्रले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..