सखुवानन्कारकट्टिमा तेस्रो झण्डा मेला महोत्सव हुने

सिरहा । सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिकामा फाल्गुन १५ गतेबाट १० दिने झण्डा महोत्सव  हुने भएको छ । ‘कला संस्कृति हाम्रो स्वाभिमान, समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ  महोत्सवको सम्पुर्ण  तयारी पूरा भएको पालिका अध्यक्ष केदारनाथ यादवले आज पत्रकार सम्मेलन गरेर जानकारी दिनुभएको छ ।

स्थानीय कृषिलाई प्राथमिकता दिन , बालविवाह, दाइजो प्रथा, लैङ्गिक हिंसा न्यूनीकरण गर्न , विद्यार्थीको क्षमता अभिवृद्धि, स्थानीय व्यवसाय प्रवर्द्धन तथा आफ्नो कला संस्कृतिको जगेर्ना गर्ने मुख्य उद्देश्यका साथ महोत्सवको आयोजना गरेको गाउँपालिका महोत्सव आयोजक मूल समितिका संयोजक  समेत रहनुभएको यादवले बताए ।

महोत्सवले स्थानीय कृषि, शिक्षा, व्यवसाय, कला संस्कृति जगेर्नामा महत्त्वपूर्ण योगदान पुर्‍याउने उनले बताए । ‘जिल्लाको महत्त्वपूर्ण स्थानमा रहेर आफ्नो ठाउँको सही पहिचान हुन नसकेको भन्दै स्थानीय पहिचानको लागि पनि यसको महत्त्वपूर्ण योगदान रहन्छ’, अध्यक्ष यादवले भने ।

महोत्सवमा स्थानीय कृषि उपज, विभिन्न कृषि उपकरण, खाद्यान्न तथा घरेलु प्रायोजनका सामग्रीहरूको एक सय वटा स्टलहरू रहने अध्यक्ष यादवले पत्रकार सम्मेलनमा जानकारी दिए । महोत्सवको उद्घाटन गर्न पूर्व प्रधानमन्त्री  माधव कुमार नेपाल आउने  जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..