बूढानीलकण्ठबाट २१ किलोभन्दा बढी सुनसहित तीन चिनियाँ नागरिक पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयद्वारा ५४ करोडभन्दा बढी मूल्यको अवैध सुन बरामद, चीनबाट निर्देशन हुने गरेको खुलासा

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठस्थित भंगालमा घर भाडामा लिएर अवैध सुनको कारोबार तथा प्रशोधन गर्दै आएका तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार भंगालस्थित एक घरमा छापा मारेर हान फेई, झोउ लङछिङ र सु क्यानलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट २१ किलो ७५०.६११ ग्राम सुन बरामद गरिएको छ, जसको मूल्य बिहीबारको बजार भाउअनुसार ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ रहेको प्रहरीले जनाएको छ। अवैध सुनको कारोबार र प्रशोधनको ठूलो नेक्सस पर्दाफास भएको यस घटनाले सुरक्षा निकायको गम्भीर ध्यानाकर्षण गराएको छ।

अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार, चीनको ग्वान्झाउमा बस्ने जेन्जिया ल नामका व्यक्तिले वीच्याटमार्फत नेपालमा सुन कहाँ पुर्‍याउने र कसलाई दिने भन्ने निर्देशन दिने गरेका थिए। अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रामेश्वर कार्कीका अनुसार पक्राउ परेका चिनियाँ नागरिकहरूले उक्त घरको मासिक ३ लाख ३० हजार रुपैयाँ भाडा तिर्ने गरी चार महिनाको १३ लाख २० हजार रुपैयाँ अग्रिम भुक्तानी गरी अवैध कारोबार, प्रशोधन र तयारी गर्ने गरेका थिए।

विभिन्न बिस्कुट आकारमा रहेको बरामद सुनको तौल परीक्षण गर्दा २१ किलो ७५०.६११ ग्राम पाइएको छ। सुनसँगै प्रहरीले नगद, सुन ओसारपसारमा प्रयोग गरिने गाडी र सुन प्रशोधनमा प्रयोग हुने सामग्रीसमेत बरामद गरेको छ। गोप्य सूचनाका आधारमा लामो समयदेखि निगरानी गरिरहेको प्रहरीले बिहीबार घरमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

घटनामा संलग्न अन्य व्यक्तिको भूमिकाबारे हाल थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

तीनकुने घटनातत्कालीन सिडिओदेखि प्रहरी कमाण्डरसम्म तानिए

तीनकुने घटनातत्कालीन सिडिओदेखि प्रहरी कमाण्डरसम्म तानिए

काठमाडौं । तीनकुने घटनाको सुरक्षा व्यवस्थापन र भीड नियन्त्रणमा गम्भीर कमजोरी भएको निष्कर्षसहित राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका उच्च..