सिरहामा ७ लाख ५९ हजारभन्दा बढीको अवैध सामान बरामद

सिरहा । सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाले जिल्लाका विभिन्न सीमा क्षेत्रबाट अवैध रूपमा ओसारपसार भइरहेको रु. ७ लाख ५९ हजार ४६० बराबरको सामान बरामद गरेको छ।

मिति २०८३ असोज १८ गते सिरहा जिल्लाका विभिन्न सीमा इलाकाबाट नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको तथा भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले विभिन्न सामान बरामद गरेको हो।

बरामद सामानमा लत्ताकपडा, मोटरसाइकल, किराना सामान, कस्मेटिक सामग्री, हार्डवेयरका सामान, मोबाइलका पार्टपुर्जा तथा रङलगायतका सामग्री रहेका छन्।

बरामद गरिएका सामानको जम्मा मूल्य रु. ७,५९,४६० रहेको सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाले जनाएको छ।

बरामद सामानलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सिरहा भन्सार कार्यालयमा नियमानुसार दाखिला गरिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..