डीआईजी शेखर खनालले ९० वर्षीय पूर्व प्रहरी सई दान राउतलाई घरमै पुगेर सम्मान गरे

विराटनगर । प्रहरी सेवामा आफ्नो जीवनको महत्वपूर्ण समय समर्पण गरेका उदयपुरको बेलका नगरपालिका–१ आमचोकका पूर्व प्रहरी नायव निरीक्षक सई दानबहादुर राउतलाई कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनालले घरमै पुगेर सम्मान गरेका छन्।

९० वर्षीय राउतले प्रहरी सेवामा पुर्‍याएको योगदानको उच्च कदर गर्दै डीआईजी खनाल उनको निवासमै पुगेर सम्मान गरेका हुन्। खनालले पूर्व प्रहरी अधिकृत राउतलाई दोसल्ला ओढाएर सम्मान गर्दै उनको सेवाप्रतिको समर्पण र योगदानको प्रशंसा गरे। प्रहरी सेवाबाट अवकाश लिएर जीवनको उत्तरार्धमा रहेका राउतलाई प्रदेश प्रहरी प्रमुख नै घरमै पुगेर सम्मान गरेपछि उनी भावुक बने। लामो समय प्रहरी संगठनमा रहेर नागरिकको सुरक्षा र शान्ति कायम गर्न पुर्‍याएको योगदानलाई संगठनले सम्झिएको क्षणले आफूलाई अत्यन्तै खुसी र गर्व महसुस भएको राउतले बताए।

प्रहरी सेवामा बिताएका दिनहरू सम्झिँदै राउतले संगठनप्रतिको आफ्नो भावनात्मक सम्बन्ध अझै उस्तै रहेको बताए। आफूले सेवा गरेको संगठनका प्रमुख घरमै आएर जीवनको उत्तरार्धमा सम्मान गर्नु जीवनकै विशेष क्षण भएको उनको प्रतिक्रिया थियो। प्रदेश प्रहरी प्रमुख खनालले सेवामा रहेका प्रहरी कर्मचारीको मात्र नभई संगठनलाई आफ्नो जीवन समर्पण गरेका पूर्व प्रहरी कर्मचारीको योगदानलाई समेत सम्मान गर्नुपर्ने बताए। विगतका प्रहरी कर्मचारीले निर्माण गरेको सेवा, अनुशासन र योगदानकै जगमा आजको प्रहरी संगठन अघि बढिरहेको उनले उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..