तोशाखानासम्बन्धी भ्रष्टाचार प्रकरणमा इमरान खानलाई १७ वर्ष जेल सजायको फैसला

काठमाडौं । पाकिस्तानको रावलपिण्डीस्थित विशेष अदालतले पूर्वप्रधानमन्त्री एवं तेहेरिक-ए-इन्साफ पार्टीका संस्थापक इमरान खान र उहाकी पत्नीलाई भ्रष्टाचारको आरोपमा १७ वर्षको जेल सजाय सुनाएको छ ।

अदालतले तोशाखानासम्बन्धी भ्रष्टाचार प्रकरणको दोस्रो मुद्दामा इमरान खान र उहाँकी पत्नी बुसरा बिबीलाई १७-१७ वर्षका जेल सजाय सुनाएको हो । इमरान खानलाई आपराधिक विश्वासघातअन्तर्गत १० वर्ष र भ्रष्टाचार निवारण कानुनअनुसार थप ७ वर्षको सजाय सुनाइएको हो । यसका साथै दुवै जनालाई १ करोड ६४ लाख रूपैयाँ जरिवानाको फैसला पनि गरिएको छ। जरिवाना नतिरे थप जेल सजाय भोग्नुपर्ने अदालतले जनाएको छ ।

सन् २०२१ मा इमरानले साउदी अरबका राजकुमारबाट एक बहुमूल्य गहना उपहार पाउनुभएको थियो । उक्त गहनाको वास्तविक मूल्य ७ करोड १५ लाख पाकिस्तानी मूल्य भए पनि ५८ लाख रूपैयाँमा खरिद गरेर नियमको उल्लंघन गरेको मानिएको छ ।

इमरान खान सन् २०२३ देखि विभिन्न अभियोगमा जेलमा हुनुहुन्छ । यसअघि सन् २०२५ मा अल कादिर ट्रस्ट प्रकरणमा उहाँलाई १४ र उहाँकी पत्नीलाई ७ वर्षको जेल सजाय सुनाइएको थियो । तोशाखाना प्रकरणको पहिलो मुद्दामा भने इस्लामावाद उच्च न्यायालयले सजाय सुनाउन रोक लगाएको छ । दोस्रो मुद्दामा भएको फैसलाविरूद्ध उच्च न्यायालयमा कानुनी चुनौती दिने तयारी खानका वकिलहरूले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..