दोलखामा स्रोत नखुलेको करिब २० लाखसहित दुईजना पक्राउ

दोलखा । स्रोत नखुलेको करिब २० लाख रुपैयाँसहित प्रहरीले दोलखाको भीमेश्वर नगरपालिका–७ बाट दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा लमजुङको सुन्दरबजार नगरपालिका–२ का रामचन्द्र शर्मा र झापाको मेचीनगर नगरपालिका–७ का शेरबहादुर राउत रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार शुक्रबार अपरान्ह शंकास्पद रूपमा झोलामा सामान बोकेर हिँडिरहेका उनीहरूलाई रोकी खानतलासी गर्दा १९ लाख ९२ हजार ५ सय रुपैयाँ बरामद गरिएको हो ।

बरामद रकमको स्रोत खुल्न नसकेपछि दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..